श्रीमान विदेशमा युरो कमाउने,श्रीमती यता साँसद बन्ने

श्रीमान विदेशमा युरो कमाउने,श्रीमती यता साँसद बन्ने

यो सौभाग्य महोत्तरीकी संगीता मण्डललाई मिलेको हो । दोस्रो संविधानसभा हुँदा सभासद पद नै हात पारेकी उनले फेरि  संघीय सांसद बन्ने करिब करिब पक्कापक्की भएको बताएकी छन् । उनलाई समानुपातिक सांसद बनाउनैपर्ने बाध्यता गृहमन्त्री बालकृष्ण खाँण,फर्स्ट लेडी आरजु देउवा,कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र महोत्तरीका पूर्व सभापति तथा सांसद महेन्द्रकुमार रायलाई आइलागेको बताइन्छ । निर्वाचन आयोगमा समानुपातिक लिष्टको अन्तिम नामावली बुझाउँदा बालुवाटारदेखि कांग्रेसको केन्द्रीय कार्यालयसम्म अन्तिम पाँचौ नम्बरमा रहेकी संगीताले अन्ततः  आयोगमा नामावली पठाउँदा कात्तिक २२ को मध्यरात आफ्नो नाम चौथोमा र कांग्रेसका पूर्व उपसभापति तथा वरिष्ठ नेता विमलेन्द्र निधिकी भान्जी निनु कर्णको नाम पाँचौ नम्बरमा धकेल्न सफल भएकी थिइन् । यसले गर्दा निनु समानुपातिक सांसद बन्नबाट आउट भएकी छन् भने संगीता कन्फर्म हुने भएकी छन् । 

मधेशी महिलाको लिष्टमा यसरी रातारात चलखेल भएर परिणाम नै फरक पर्ने भयो । विमलेन्द्रले लगत्तै आरजु देउवासंग मैले समानुपातिकमा एक जनाको नाम मात्र सिफारिस गरेको थिएँ । फेरि उसको आफ्नै योगदान पनि छ । त्यसमाथि पनि चलखेल भयो भनी गुनासो गर्दा आरजुले ऊ (संगीता) मेरो च्वाइस होइन भनी सफाइ दिइन् । बालकृष्ण खाँणसम्म संगीतालाई पुर्याउने सहमहामन्त्री महेन्द्र यादवलाई निनुले फोन गरी सोध्दा मैले होइन,आरजुले हो भनियो । कात्तिक २२ गते गृहमन्त्री खांण, सहमहामन्त्री यादव र कार्यालय सचिव प्रेम केसी निर्वाचन आयोगमा सो लिष्ट बुझाउन गएका थिए ।

"चलखेल भयो भनी गुनासो गर्दा आरजुले ऊ (संगीता) मेरो च्वाइस होइन भनी सफाइ दिइन् । बालकृष्ण खाँणसम्म संगीतालाई पुर्याउने सहमहामन्त्री महेन्द्र यादवलाई निनुले फोन गरी सोध्दा मैले होइन,आरजुले हो भनियो   । "

तर, बालुवाटारबाट केन्द्रीय कार्यालयमा गएको लिष्टमा त्यहीँ चलखेल भयो । केन्द्रीय कार्यालयमै कार्यरत कृष्ण दुलालका अनुसार ५ नम्बरमा नाम रहेकी सङ्गिताको नाम बहादुर भवनमा माथि उकालिएको हो । आफूलाई मधेशी होइन,जनजाति कोटामा पार्न कांग्रेसको केन्द्रीय कार्यालयमा समेत निवेदन दिएकी संगीता जब मधेशी महिलाको रुपमा एकाएक देखा परिन् त्यसपछि केही मधेशी महिलाले निर्वाचन आयोगमा उजुर हाले । तर,गृहमन्त्री बालृकृष्णको रापतापका अगाडि निर्वाचन आयोग पनि शिथिल भयो र जिल्लाबाट आफू मधेशी भएको संगीताले लेखेर ल्याइन् । 

जतिबेला मन लाग्यो त्यतिबेला मधेशी हुने,न त जनजाति मान्ने उनी मौकामा चौका हान्ने खालकी भएको बताइन्छ  । यसवीच संगीताले आफू जनजाति हुँ भनेर जनजाति प्रतिष्ठानमा पनि निवेदन दिएकी छन् । महोत्तरीको रामगोपालपुरमा सासू ससुरालाई दुर्व्यवहार गर्ने, जिल्लाका दुई चार जना नेतालाई आफ्नो पक्षमा कुदाउन आर्थिक प्रलोभनमा पार्नमा उनी चर्चित छिन् । एक वर्षअघि स्थानीयहरुले संगीताको व्यवहारप्रति रुष्ट भएर घर पनि घेरेका थिए । 

२०७३ सालको दोस्रो संविधानसभामा हुँदा महोत्तरी जिल्ला प्रहरी प्रमुख रहेका र हाल लुम्बिनीका डिआइजी नलप्रसाद उपाध्यायलाई पनि नराम्ररीले दुःख दिइन् । त्यतिखेरका गृहमन्त्री विमलेन्द्रलाई आरजुले फोन गरी तत्कालिन सभासद संगीताको पक्षमा लाग्न अनुरोध गरेकी थिइन् । त्यस्तै प्रमिला दासलाई आफ्नो बेडबाट पैसा चोरेको भनी कांग्रेस संसदीय दलको कार्यालयमा हल्लाखल्ला मच्चाउने पनि यिनै हुन् भनिन्छ ।

टिप्पणीहरू