एअर इण्डियाको उड्न लागेको जहाज झण्डै पड्किएको

एअर इण्डियाको उड्न लागेको जहाज झण्डै  पड्किएको

एअर इण्डियाको उड्न ठिक्क परेको विमान आज काठमाडौं विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ । रनवेबाट टेक अफ गर्न ठिक्क परेको एआई २१६  विमानको बायाँतर्फको टायर पड्केको हो । 

अपरान्ह सवा ४ बजे उक्त विमान नयाँ दिल्लीतर्फ प्रस्थान गर्न लागेको बेला सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको छ । दुर्घटनामा कुनै मानवीय तथा भौतिक क्षति नभएको काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।

टिप्पणीहरू