ब्यापारी नेता चन्द्र ढकाल पाँचै घण्टामा पाथिभरा

ब्यापारी नेता चन्द्र ढकाल पाँचै घण्टामा पाथिभरा

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल आज बिहान ताप्लेजुङस्थित पाथिभरा मन्दिर पुगेर राजधानी फर्किएका छन् । उनी सिम्रिक एअरको हेलिकप्टरमा बिहान साढे ७ बजे काठमाडौंबाट त्यता गएका थिए । 

पाथिभराको दर्शनपछि ढकाल आजै दिउँसो पौने १ बजे राजधानी फर्केको सिम्रिक एअर स्रोतले बताएको छ ।

टिप्पणीहरू