स्ववियु अभावमा शैक्षिक माफिया मौलाउने एमाले विद्यार्थी संगठनको निचोड

स्ववियु अभावमा शैक्षिक माफिया मौलाउने एमाले विद्यार्थी संगठनको निचोड

अनेरास्ववियुले तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गर्न माग गरेको छ । एमाले निकट विद्यार्थी संगठनले शन्तिपूर्ण र मर्यादित वातारणमा समयमै निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालयसँग आग्रह गरेको छ । 

‘तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरी शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउनुहुन उपकुलपतिसमक्ष यो ज्ञापन पत्र पेश गरिएको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रा माग पूरा नगरिए अनेरास्ववियु जस्तोसुकै आन्दोलन गर्न बाध्य हुने छ ।’ 

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा कुनै पनि बहानामा स्ववियु निर्वाचन नगराउने छुट विश्वविद्यालयलाई नदिइने कडा चेतावनी पनि दिइएको छ । विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटासमक्ष ज्ञापनपत्र बुझाउँदै तत्काल स्ववियु चुनावको मिति घोषणा गर्न माग गरिएको हो ।

विश्वविद्यालय स्ववियुविहीन हुँदा त्यहाँ शैक्षिक माफियाहरु मौलाउने र विद्यार्थीका नाममा अराजकता र अपराधीकरण चुलिँदै जाने उनको ठहर छ ।

टिप्पणीहरू