महन्थ ठाकुरको पार्टीले पनि सरकारमा हिस्सा खोज्न थाल्यो

महन्थ ठाकुरको पार्टीले पनि सरकारमा हिस्सा खोज्न थाल्यो

मङ्सिर ४ गतेको निर्वाचन मनोनयन दर्ताको केही दिनअघि मात्रै सत्ता गठबन्धनमा मिसिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा सहभागी हुने भएको छ । आज बसेको उक्त पार्टीको शीर्ष नेताहरुको बैठकले यसअघि नै गठबन्धनमा रहेकाले निरन्तरतास्वरूप सरकारमा जाने निर्णय गरेको बताइएको छ । 

नेता केशवकुमार झाले पार्टीले अघि सारेका मुद्दा कायम राखेर सरकारमा जानेबारे छलफल भएको जानकारी दिए । उनले भने, ‘पार्टी बैठकमा शीर्ष नेताहरूबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । यसअघि पनि सत्ता गठबन्धनमै रहेकाले कुनै नयाँ निर्णय गर्न जरुरी छैन ।’ 

उनका अनुसार संविधान संशोधनलगायत मुद्दा भने कायम छन् । झाले  निर्वाचन अघिकै निर्णयको निरन्तरता भएकाले सरकारमा सहभागी हुन कुनै फरक माग नराखिएको बताए । नियमानुसार ३ प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी हुन नसकेको लोसपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चार सीट जितेको छ ।

टिप्पणीहरू