आ-आफ्नो टिममा कुरा गरेर देउवा र प्रचण्ड निर्णायक वार्तामा
नयाँ सरकारमा प्रधानमन्त्रीको दावी गरिरहेका सत्ता गठबन्धनका शीर्ष नेता काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच 'फाइनल' वार्ता हुन् लागेको हो ।
गठबन्धनकै नेतृत्वमा सरकार बनाउन सहमत भएपनि पहिलो प्रधानमन्त्री को भन्ने विषयमा गठबन्धनमा कुरा मिल्न सकेको छैन । सहमति जुटाउन भनेर हिजो साँझ बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।
राष्ट्रपतिले प्रधानमन्त्रीमा दावी पेश गर्न दिएको सात दिनको समय आज साँझ ५ बजे सकिँदैछ । त्यसअघि नै गठबन्धनमा सहमति गरेर प्रधानमन्त्रीको नाम तय गर्नुपर्ने दबाबमा रहेका दलहरु आज पनि बिहानैदेखि छलफलमा जुटेका हुन् ।
अहिले बालुवाटारमा देउवा र प्रचण्डबीच 'वान टु वान' वार्ता भैरहेको छ । त्यसपछि त्यहि थलोमा गठबन्धनको बैठक बस्ने तयारी छ । देउवा र प्रचण्डले आज बिहान आ-आफ्नो पार्टीमा आन्तरीक छलफल समेत गरेका थिए ।
टिप्पणीहरू