रवि लामिछानेलाई केन्द्रीय सदस्यको प्रश्न,‘प्रचण्डभन्दा पहिल्यै किन बालकोट किन गएको ?’

रवि लामिछानेलाई केन्द्रीय सदस्यको प्रश्न,‘प्रचण्डभन्दा पहिल्यै किन बालकोट किन गएको ?’

हिजो दिउँसो पार्टी सभापतिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले लिखित असहमति जनाएका छन् । उनले उक्त असहमति आजै केन्द्रीय कार्यालयमा दर्ता गराएका हुन् । 

कार्यालय सचिवलाई सम्बोधन गर्दै लेखिएको पत्रमा कार्कीले नेतृत्व सत्ता स्वार्थमा लिप्त भएको आरोप लगाएका छन् । सत्ताको निम्ति जोसँग पनि मिल्ने र छुट्टिने गरेको देखेर ‘जुन जोगी आए पनि कानै चिरेको’ भनी आमनागरिक निराश भएको अवस्थामा पार्टी दौडिँदै सरकारमा गएको उनको भनाइ छ ।

एकाएक सरकारमा जाने निर्णयले पार्टी सभापतिले यसअघि भन्दै र व्यक्त गर्दै आएका धारणा केवल ‘व्यक्तिगत’ मा सीमित भएको कार्कीले उल्लेख गरेका छन् । पुराना नेता र पार्टीलाई रोक्ने भन्ने पार्टीको धारणाविपरीत सभापति स्वयमले बोक्नुलाई उनले अचम्म मानेका छन् ।

उनले लेखेका छन्, ‘अहिलेको सरकारलाई समर्थन गर्नेहरुको संख्या १६९ छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन नगरेको भए यो सरकारलाई समर्थन गर्नेको संख्या १४९ रहने थियो । त्यो पनि न्यूनतम आवश्यकताभन्दा ११ बढी हुने थियो । हामी हुनु र नहुनुले सरकार निर्माणमा केही असर नपुग्ने अवस्थामा पनि प्रचण्डभन्दा पहिले बालकोट पुग्ने हतारो किन गर्यौ ?’

टिप्पणीहरू