देउवा १५ मीनेट शीतल निवासमा बसेर अब बूढानीलकण्ठतिर

देउवा १५ मीनेट शीतल निवासमा बसेर अब बूढानीलकण्ठतिर

शीतल निवासमा केही बेरअघि भएको नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा पुग्नुभएका निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बूढानीलकण्ठ घर फर्कने गरी १५ मीनेटमा निस्कनुभएको छ । उहाँ बालुवाटारबाट सोझै शीतल निवास पुगेर पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको प्रधानमन्त्री पद तथा गोपनीयताको शपथग्रहणलगत्तै बालुवाटार फर्कनुभएको हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले गराउनुभएको शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन,निवर्तमान प्रधानमन्त्री देउवा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,कायममुकामय प्रधानन्यायाधीश हरिकृष्ण कार्की उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिसमशेर राणा,भूतपूर्व प्रधानमन्त्रीहरु के.पी. शर्मा ओली, डा. बाबुराम भट्टराई,माधवकुमार नेपाल पनि हुनुहुन्थ्यो । 

पूर्वसभामुखहरु सुवासचन्द्र नेम्वाङ्ग,अग्निप्रसाद सापकोटा, ओनसरी घर्ती,तारानाथ रानाभाट,अख्तियार प्रमुख प्रेमकुमार राई,प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह,सशस्त्र प्रहरीका महानिरीक्षक राजुु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । 

त्यसैगरी नेपालका लागि अमेरिका, चीन,भारत,रुस,दक्षिण कोरिया, युएईलगायत मुलुकका राजदूत तथा डेपुटी चिफ अफ मिसनले पनि कार्यक्रममा सहभागिता जनाएको बताइएको छ ।

उपस्थित अन्यमा सत्ता गठबन्धनमा आबध्द विभिन्न दलका अध्यक्ष पनि थिए ।

टिप्पणीहरू