दुधे बालक छाडेर आमा बेपत्ता
धरानमा दुधे बालक छाडेर एक आमा बेपत्ता भएकी छन् । धरान ६, पानवारिकी महिला १० दिनदेखि बेपत्ता भएकी हुन् । कामको खोजीमा निस्केकी २० वर्षीया स्वस्तिका कार्की १० दिनदेखि बेपत्ता भएकी हुन् । उनका श्रीमान भने विदेशमा रहेको बताइन्छ ।
१४ महिने छोरालाई माइतमा छाडेर बेपत्ता भएपछि उनका बुबा गोपाल कार्कीले खोजीको निम्ति इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका छन् । पारिवारिक स्रोतका अनुसार श्रीमान विदेश गएदेखि नै उनी माइतमा बस्दै आएकी थिइन् ।
टिप्पणीहरू