मदन भण्डारीलाई सम्झँदै,केपी ओली आज टेबल टेनिस खेल्दै

एमाले अध्यक्ष केपी शर्मा ओलीले खेलकुदसम्बन्धी एक कार्यक्रममा सहभागिता जनाउनुभएको छ । वर्तमान सत्ता गठबन्धनको मुख्य नेतासमेत रहनुभएका उहाँ आज दिउँसो सवा १ बजेतिर लैनचौरस्थित टीटी हलमा आयोजित खेल प्रदर्शनीमा सहभागी हुनुभएको हो । 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा एकेडेमीले आयोजना गरेको विविध खेल प्रदर्शनी,सम्मान र सांस्कृतिक कार्यक्रममा अध्यक्ष ओलीले प्रमुख अतिथिका रुपमा सहभागिता जनाउनु भएको छ । 

कार्यक्रममा एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्य,संस्थापक केन्द्रीय अध्यक्ष रमेशकुमार सिलवाल, केन्द्रीय सदस्य नन्दु काउचा,विनोद आचार्य, डा.सुवास चौधरीलगायत उपस्थित छन् । यस अवसरमा ओलीले एक म्याच खेल्नुभएको छ ।

टिप्पणीहरू