नयाँ वर्ष मनाउन भारतीय सेनापति पाकिस्तानी बोर्डरमा

नयाँ वर्ष मनाउन भारतीय सेनापति  पाकिस्तानी बोर्डरमा

भारतीय सेना प्रमुख मनोज पाण्डेले नयाँ वर्ष २०२३ विकट हिमाली क्षेत्रमा तैनाथ सैनिकहरुसँग मनाएका छन् । उनले नयाँ वर्ष जम्मु काश्मिरको लाइन अफ कन्ट्रोल इन कुपवारामा मनाएका हुन् । 

पाकिस्तान र भारतबीच विवाद कायम रहेको उक्त क्षेत्रमा तैनाथ भारतीय सैन्य टोलीसँग पाण्डेले नयाँ वर्ष मनाएको तस्बिरहरु सार्वजनिक भएका छन् । सो क्षेत्रमा गत डिसेम्बरको शुरुआतदेखि नै बाक्लो हिमपात भएको छ ।

टिप्पणीहरू