एकाउन्टेन बितेपछि सिराहामा शोक बिदा

एकाउन्टेन बितेपछि सिराहामा शोक बिदा

सिराहाको सिराहा नगरपालिकाले आज नगरभर सार्वजनिक बिदा दिएको छ । नगरपालिकाका एक कर्मचारीको निधन भएकोमा सिराहाले शोक बिदा दिएको हो ।नगरपालिकाका लेखापाल भिखारीसिंह थारुको हिजो असामायिक निधन भएकोले आज एक दिनका लागि सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले लेखापाल थारुको निधन भएकोमा नगरपालिका मातहतमा रहेका वडा कार्यालयलगायतका सम्पूर्ण कार्यालयहरु पूर्णरुपमा बन्द गरिएको बताए ।a

टिप्पणीहरू