केपी ओलीलाई चित्रबहादुरको प्रश्न ‘संसद् भत्काउन फेरि वाम गठबन्धन ?’

केपी ओलीलाई चित्रबहादुरको प्रश्न ‘संसद् भत्काउन फेरि वाम गठबन्धन ?’

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले यक्ष प्रश्न सोध्नुभएको छ, ‘फेरि संसद् भत्काउन वाम गठबन्धन गरेको हो ?’ आज प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा त्यसअघि एमाले अध्यक्ष ओलीले विगतमा आफूले गरेको संसद विघटनको बचाउ गर्नुभएको थियो ।  

त्यसपछि बोल्नुभएका केसीले उहाँको बचाउतर्फ लक्षित गर्दै उक्त जिज्ञासा राख्नुभएको हो । आफ्नो सम्बोधनमा ओलीले संसद विघटन गर्नु प्रतिगमन नभएको तर्क गर्नुभएको थियो । 

सोही तर्कमा जोडेर केसीले सोध्नुभयो, ‘अघि एकजना माननीयले संसद् भत्काउने कुरा गर्नुभयो, के संसद् भत्काउनका लागि फेरि वाम गठबन्धन गरिएको हो ?’

आफूलाई सत्तामा पुर्याउने उद्देश्यले राजनीतिक दलको गठबन्धन फेर्ने कार्यलाई उहाँले गलत भन्नुभएको छ । केसीको उक्त भनाइ प्रधानमन्त्री पुष्पकमल दाहालतर्फ लक्षित हो ।

टिप्पणीहरू