विद्यालय भवनको जगैदेखि अनियमितता शुरु

विद्यालय भवनको जगैदेखि अनियमितता शुरु

सिरहाको एक सामुदायिक विद्यालयको भवन निर्माणमा व्यापक अनियमितता भएको पाइएको छ । गोलबजार नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयको चारकोठे भवन निर्माणको क्रममा व्यापक अनियमितता भएको बताइएको छ । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठे पक्की भवन निर्माणमा प्रधानाध्यापक सुरेन्द्र सिंहले प्राविधिकको लागत अनुमानभन्दा बढीको काम विद्यालयको आन्तरिक कोषबाट रकम निकासा गरी अनियमितता गरेको स्थानीयको आरोप छ ।

गत आर्थिक वर्ष ०७७–७८ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठे भवन निर्माणमा रकम अपुग भएको बताउँदै सिंहले विद्यालयको उक्त कोषमा रहेको रकम आफ्नै तजबिजीमा निकालेर अनियमितता गरेको देखिन आएको हो । उक्त कार्यक्रमबाट प्राप्त जनसहभागितासहित ३९ लाख ६० हजार रकमले भवन निर्माण सम्पन्न गर्न अपुग भएको उल्लेख गर्दै प्रधानाध्यापक सिंहले विद्यालयको खातामा रहेको १३ लाख रुपैयाँ बिना निर्णय चलाइएको स्थानीय एक अभिभावकले बताए । 

भवन निर्माणका लागि विद्यालयले अभिभावक भेलामार्फत् निर्माण समिति गठन गरे पनि काम भने आफैँले गराएको निर्माण समितिका सदस्य सन्तोष सिंहको भनाइ छ । प्रधानाध्यापक सिंहले मनोमानी ढंगले काम गरेको निर्माण समितिका सदस्यसमेत रहेका उनको भनाइ छ । ‘निर्माण समिति गठन भए पनि काम सुरु गरेदेखि अहिलेसम्म कुनै अनुगमन र खोजबिन छैन, सिंहले आफ्नै ढंगले काम गराइरहेका छन्,’ उनले भने ।

उनले सिंहले व्यक्तिगत स्वार्थमा विद्यालय कोषको रकम निजी तवरले चलाएकाले अनियमितता भएको आशंका समेत गरेका हुन् । उता, प्रधानाध्यापक सुरेन्द्र सिंहले भने सबैको सहमतिमा भवन निर्माण भएको दाबी गरेका छन् । उनले भने, ‘सबैको सहमतिमा थप कार्यसहित भवन निर्माण भएको छ । मैले साथीहरुको विश्वासमा काम गरें, अहिले आएर विमती देखिएको छ ।’

उनले भने, ‘मैले लिखित गर्नुपर्ने थियो । तर, साथीहरुको विश्वासमा काम गरें । अहिले समस्या देखिएको छ । प्राविधिक मूल्याङ्कन भएको छैन, मूल्याङ्कनले तलमाथि देखाए साथीहरुसँग सल्लाह गरेर मिलाउनु पर्छ ।’ विद्यालयले निर्माण सम्पन्न गरेको अघिल्लो कामको फरफारक नभए पनि विद्यालयमा थप चारकोठे भवन निर्माणका लागि ४५ लाख रुपैयाँ खर्च भइसकेको बताइन्छ ।

चालुु आर्थिक वर्षमा पालिकाले नगरभित्रका १३ वटा विद्यालयको २ देखि ४ कोठे भवन निर्माणका लागि सिफारिस गरेको छ । त्यसमध्ये चारवटा विद्यालयमा भवन र तीनवटा विद्यालयमा आइसिटी कार्यक्रम परेको शिक्षा शाखा अधिकृत सुवोध लामाले बताए ।

‘हामीले सिफारिस गर्ने हो, विभागले विद्यालयको नाम कोड गरेरै पठाउने गरिन्छ,’ बिल भरपाई फछ्र्यौट नगरेको विद्यालयमा उक्त कार्यक्रम पुनः कसरी पर्यो भन्ने विषयमा अधिकृत लामा भन्छन्, ‘आफूसँग पहिलेको कुनै अभिलेख थिएन ।’

गत आर्थिक वर्षमा जनसमूह आधारभूत विद्यालय गुरुधाम, आधारभूत विद्यालय, धर्मपुर आधारभूत विद्यालय र दलित आधारभूत विद्यालय मुक्सारलाई दुई कोठे भवन र जनता मावि चन्द्रोदयपुरलाई चार कोठे भवन निर्माणको बजेट परेको 

टिप्पणीहरू