दीपक भट्ट र विनोद चौधरीका दुःख

दीपक भट्ट र विनोद चौधरीका दुःख

बिचौलिया व्यापारी दीपक भट्ट र डलर अर्बपति विनोद चाैधरीबीच अचम्मको साइनो देखिएको छ । आर्थिक कारोबारमा यी दुवैबीच एकरूपता देखिन्छ । अघिल्लो ओली र शेरबहादुर देउवा सरकारको पालामा भट्टको चुरीफुरी ह्वात्तै बढेको थियो । 

सोही क्रममा अघिल्लो वर्ष भट्टले गोरु बेचेको साइनो लागेसरहका एक जना नातेदारलाई धितोपत्र बोर्डको अध्यक्ष बनाएका छन् । रमेशकुमार हमाल दीपककी दिदीको मिल्ने साथीका श्रीमान् अर्थात् बोलीचालीको भाषामा भट्टका ‘भिनाजु’ हुन् । ओलीको पालामा दिपक भट्टले आफ्नै दाजु सुशीललाई लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाएका थिए । महाप्रसाद अधिकारी गभर्नर बनेपछि रिक्त वैदेशिक लगानी भिœयाउने ठाउँको मुहानमै आफ्नो दाजुलाई सेटिङमा लगेका हुन् । 

लगानी बोर्डमा दाइलाई राखेर सबै व्यवस्थापन मिलाएको कारण केही महिनाअघि उनले विनोद चौधरीको रोडम्यापअन्तर्गत भारतको अडानी ग्रुपका सिईओलाई काठमाडौं ल्याएको बताइन्छ । भारतका सर्वाधिक र विश्वकै नम्बर ३ धनी गौतम अडानीको कम्पनीका सीईओ करणलाई डलर अर्बपति विनोद चौधरीको कान्छो छोरा बरुणको पहलमा यता ल्याइएको र काठमाडौंको व्यवस्थापन उनै भट्टले गरेको बीमा समितिभरि चर्चा छ । 

जलस्रोतमा मिलेर काम गर्ने भन्दै दीपक र बरुणले पाटर्नरको रुपमा अडानी ग्रुपलाई कन्याएको स्रोतको दाबी छ । उनीहरूले सुदूर पश्चिमका जलविद्युत परियोजनामा लगानी गर्न खोजेको भन्दै बोर्डका सिईओ सुशीलसँग करणको भेट गराउँदै प्रस्तावित तीन हजार मेगावाटको कर्णाली जलविद्युत परियोजनामा लगानीको योजना सुनाएका थिए । ‘उनीहरूले अरु प्रोजेक्ट पनि किन्ने प्रस्ताव राखे, करण, वरुण र दीपकले अडानी इलेक्ट्रिसिटी मुम्बई लिमिटेडको प्रस्ताव भन्दै लगानीको निम्ति आश्वस्त तुल्याउने प्रयास गरेको,’ लगानी बोर्ड स्रोतले बतायो ।

यसअघि बेलायत बस्ने भारतीय धनाढ्य लक्ष्मी मित्तलसँग पारिवारिक रुपमा नाता जोडेर आफूलाई सर्वेसर्वा बनाउन खोजेका विनोदले अहिले अडानी ग्रुपलाई समात्न चाहेका हुन् । यसअघि जेठो छोरा निर्वाण चौधरीको पहिलो विवाह उनै लक्ष्मीकी भतिजीसँग भएको थियो । तर, केही महिनामै उनीहरूले पारपाचुके गरे । अहिले पुनः विश्वकै तेस्रो नम्बरका धनी गौतम अडानीसँग नजिकिएर मोदी सरकारसँग विशेष व्यापारिक सम्बन्ध बनाउन उनले प्रयास गरेको भन्ने अर्थ मन्त्रालयमा थुप्रै छन् । दीपकले करण अडानीलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा काँगे्रस नेतृ डा. आरजु राणासँग पनि बालुवाटारमा भेटाएका थिए ।

यता, उनै आरजुमार्फत दीपकले पछिल्लो डेढ वर्ष धेरैवटा काम फत्ते गराए पनि केही रोकिएको अवस्थामा छ । उनले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स जारी गर्ने सबै वातावरण मिलाउँदा मिलाउँदै सर्वोच्च अदालतको आदेशमा हाललाई रोकिएको छ । उक्त काममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले सकेको सहयोग पु¥याएका थिए ।

यही समूहले रिइन्स्योरेन्स कम्पनीको लाइसेन्स जारी गराएर लाख, करोड नभई अर्बौं रुपैयाँ कमाएको खबर त्यतिबेलै बाहिरिएको थियो ।
 

टिप्पणीहरू