उजुरी बीचैमा कता अलप ?

उजुरी बीचैमा कता अलप ?

राष्ट्रिय ट्रमा सेन्टरका पूर्वनिर्देशक डा. सन्तोष पौडेलविरुद्ध अनियमितता गरेको भन्दै उजुरी परेको छ ।

डा.पौडेलले एमएस अर्थोपेडिक तत्कालीन उपकुलपतिसँग मिली सेवा अवधि नपुगिकनै अध्ययन गरेको र कर्मचारी नियुक्तिमा आर्थिक लेनदेन गरेको, सि आर्म खरिद, डेक्सा मेसिन, एच डी माइक्रोस्कोप, एम्बुलेन्स तथा क्यान्टिनको टेण्डर गर्दा करोडौँ रूपैयाँ तलमाथि गरेको भन्दै २०७७/११/०२ मा प्रधानमन्त्री कार्यालय, अख्तियार, सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयमा उजुरी परेकोमा २०७७/११/१३ गते मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले उल्लिखित विषयमा अनियमितता देखिएको भन्दै माथिल्लो निकायबाट छानबिन हुनुपर्ने राय दिएकै हो । सो पत्र अख्तियारमा समेत गएको थियो । तर हालसम्म उनीविरुद्ध कुनै कारबाही नभएपछि राष्ट्रिय ट्रमा सेन्टरका राष्ट्रसेवक कर्मचारीले पुस २२ गते पुनः कारबाहीको लागि निवेदन पेश गरेका छन् ।

टिप्पणीहरू