शिक्षा समूहमा आठ जना उपसचिव थपिँदै

शिक्षा समूहमा आठ जना उपसचिव थपिँदै

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आठ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । 

बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) बाट राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) मा बढुवाका लागि ती अधिकृतहरुको नाम सिफारिस गरेको हो । ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस अधिकृतहरुमध्ये छ जना शिक्षा प्रशासन र एक– एक जना पुरातत्व र पुस्तकालय समूहका हुन् ।

शिक्षा प्रशासन समूहअन्तर्गत विश्वराज आचार्य, कुमार बस्नेत, विष्णुप्रसाद ज्ञवाली, रामप्रसाद शर्मा, महेशदत्त देवकोटा र पूर्णबहादुर विश्वकर्माको सिफारिस गरिएको छ । त्यस्तै, पुरातत्व समूहअन्तर्गत मञ्जुसिंह भण्डारी थापा र पुस्तकालय विज्ञान समूहअन्तर्गत अरुणकुमार राईको सिफारिस गरिएको जनाइएको छ ।

टिप्पणीहरू