जर्मन दूतावासले बेल्जियम भीसाको आवेदन नलिने

जर्मन दूतावासले बेल्जियम भीसाको आवेदन नलिने

काठमाडौंमा रहेको जर्मन दूतावासले बेल्जियमका लागि भीसा आवेदन नलिने बताएको छ । दूतावासले आगामी मार्च १ देखि बेल्जियमका लागि भीसा आवेदन प्रक्रिया बन्द गर्ने निर्णय गरेको बताइएको छ ।

दूतावासले बेल्जियम मुख्य गन्तव्यस्थल उल्लेख गरिएको भीसा आवेदनको ‘प्रोसेस’ नथाल्ने जनाएको हो । ‘काठमाडौंस्थित जर्मन दूतावासले अब बेल्जियमका लागि आवेदन प्रक्रिया गर्दैन । मुख्य गन्तव्य बेल्जियम रहेकाको आवेदन मार्च १ गतेबाट सम्भव छैन’, दूतावासले जारी गरेको सूचनामा भनिएको छ । 

नेपालमा बेल्जियम दूतावास नभएकाले हालसम्म जर्मन दूतावासले उक्त मुलुकको निम्ति भीसा आवेदन लिँदै आएको थियो ।

 

टिप्पणीहरू