एकातिर पत्कर समान नोट,अर्कातिर साक्षरतामा खोट

एकातिर पत्कर समान नोट,अर्कातिर साक्षरतामा खोट

नेपालका विभिन्न मन्दिरमा दान पेटिका राखिएको छ । भक्तजनहरुले ती पेटिकामा गच्छेअनुसार नगद दान गर्छन् । तर,भगवानलाई चढाइएका त्यस्ता नोट लामो समयसम्म झिकेर बैंकमा नलैजाँदा गुणस्तर ध्वस्त हुने गरेको छ । भक्तजनले अक्षता,जल र अन्य वस्तु छोएर दान पेटिकामा खसालेका कागजी मुद्राको आयु यसै पनि छोट्टिने गरेको छ ।

राष्ट्र बैंकले सर्वसाधारणलाई नोटको हिफाजत,बैंकिग व्यवहार र डिजिटल कारोबारमा जोड दिँदै आएको छ । वित्तीय साक्षरतामै बैंकले कर्मचारीको भत्ता र कार्यक्रम सञ्चालनमा मात्रै करोडौं खर्च गरिसकेको छ । तर, मन्दिरको दान पेटिकामा खसालिएका र चढाइने भेटिका कारण विदेशमा महँगोमा छापिएका र टकमारी गरिएका मुद्रा र सिक्काको हिफाजत हुन नसकेको अवस्था छ ।

"उनीहरुको कार्यक्रममा प्रस्तुत पावर प्वाइन्टको वरिपरि मादक पदार्थ बियरको विज्ञापन थियो । टुबोर्गको वरिपरि विज्ञापन गरिएको ठाउँमा उनीहरुले प्रस्तुतिकरण दिएका थिए ।"

हालै गभर्नरको कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मताङ्गे मास्के र उपनिर्देशक भागवत आचार्यलगायतले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रम झारा टार्ने खालेको पाइएको छ । उनीहरुको कार्यक्रममा प्रस्तुत पावर प्वाइन्टको वरिपरि मादक पदार्थ बियरको विज्ञापन थियो । टुबोर्गको वरिपरि विज्ञापन गरिएको ठाउँमा उनीहरुले प्रस्तुतिकरण दिएका थिए ।

 

टिप्पणीहरू