अर्थतन्त्रबारे लेख्ने पाँच जना पत्रकारमाथि कारबाही

अर्थतन्त्रबारे लेख्ने पाँच जना पत्रकारमाथि कारबाही

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले पाँचजना पत्रकारलाई संस्थाको साधारण सदस्यबाट निष्काशन गरेको छ ।  संस्थाको विधान, उद्देश्य र हित तथा आचारसंहिता विपरित व्यक्तिगत स्वार्थका लागि काम गरेको ठहर गर्दै सोसाइटीको मंगलबार बसेको बैठकले उनीहरुलाई कारवाहीको निर्णय गरेको हो । 

इम्सनका अध्यक्ष रामराज श्रेष्ठले अर्थसरोकार डटकमका प्रतिनिधि सुरज प्याकुरेल, अर्थतन्त्र डटकमकी सुभद्रा थापा तथा डिल्ली सापकोटा र केटीएमभ्वाईस डटकमका रोयल आचार्य र बालकृष्ण पौडेललाई कारबाही तथा निष्काशन गरिएको जानकारी दिए ।

टिप्पणीहरू