रक्सी चोर्दाचोर्दै पुलिसले भेटेपछि

रक्सी चोर्दाचोर्दै पुलिसले भेटेपछि

 सिरहामा रक्सी चोरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुखिपुर नगरपालिका–३ का २३ वर्षीय मंगल सहनी र औरही गाउँपालिका–२ का २३ वर्षीय रफी राइन रंगेहात समातिएका हुन् । 

सुखिपुर नगरपालिका–८ का राजेश चौधरीको कोल्ड स्टोर सप्लायर्सबाट विभिन्न कम्पनीको रक्सी चोर्दाचोर्दै ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

प्रहरीले स.११ प ५३१८ नम्बरको मोटरसाइकलसहित करिब १० हजार नगद र सरसामान बरामद गरेको बताइएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू