वित्तीय आतंकविरुध्द ललितपुरका व्यवसायीहरु आन्दोलित

ललितपुरका व्यवसायीहरुले बैंकिङ्ग आतंकको विरोधमा प्रदर्शन गरेका छन् । ललितपुर तयारी पोशाक व्यापार संघको आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । 

संघका अध्यक्ष मिलन श्रेष्ठ, महासचिव धिरेन्द्र रिजाललगायत एक दर्जनले ‘हामी व्यवसायी एक हौं’ भन्ने मूल नाराका साथ आन्दोलन शुरु गरेका हुन् । सरकारको विभेद तथा वित्तीय आतंक अति नै भएको उल्लेख गर्दै व्यवसायीहरुले चर्को नाराबाजी गरेका छन् । 

आन्दोलनकारीहरुले ‘ब्याजदर घटाऊ, गरिखान देऊ’,‘सहज व्यवसायिक वातावरण कायम गर’,‘सम्पूर्ण उद्योगी व्यवसायी एक हौं’,‘बैंकिङ्ग ब्याजदर एक अंकमा ल्याऊ’,‘बैंकिङ्ग आतंक बन्द गर’,‘स्वर्गीय प्रेम आचार्यको मागहरु सम्बोधन गर’, लगायतका प्लेकार्ड बोकेका छन् ।

टिप्पणीहरू