दक्षिण अफ्रिका जान लागेका नेपाली प्रहरीको कब्जामा

दक्षिण अफ्रिका जान लागेका नेपाली प्रहरीको कब्जामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दक्षिण अफ्रिकी मुद्रासहित एक जना नेपाली पक्राउ परेका छन् । 

सुर्खेत घर भई ५२ वर्षका टोपबहादुर बुढा क्षेत्री विमानस्थलबाट २३ हजार २५० र्याण्डसहित समातिएका हुन् । 

कतार एयरवेजको उडान नम्बर क्यूआर ६४७ बाट दोहा हुँदै दक्षिण अफ्रिका जान लागेका उनलाई विमानस्थल प्रहरीले पक्रेको हो । 

पासपोर्ट नम्बर ०८०६२६५२ भएका उनको साथबाट दुई सय दरका २१ थान नोट फेला परेको प्रहरीले जनाएको छ । 

त्यस्तै, एक सय दरका १९० थान, २० का दुई थान र १० का एक थान नोट बरामद गरिएको छ ।

टिप्पणीहरू