गृहमन्त्रीको भाइलाई जसले जेल पु¥याइन्

गृहमन्त्रीको भाइलाई जसले जेल पु¥याइन्

जब शीलाले ‘म त यस्तो गर्न सक्दिनँ’ भनिन् र आफ्नो काम अगाडि बढाइन्, तब गृहमन्त्रीका सहोदर भाइ समातिए, जेल पठाइए ।  राजनीतिक दबाबले अपराधकर्मलाई कसरी प्रोत्साहित गरिरहेको छ र कतिपय प्रहरी कति कडा हुन्छन् भन्ने यो ज्वलन्त नमुना हो । धन्न, नेपाल प्रहरीमा शीला तामाङ भन्ने इन्स्पेक्टर रहिछन् र मात्रै, नत्र एउटा गम्भीर अपराधका कसुरदार आजसम्म खुला संसारमै रमाइरहेका हुने थिए, थुप्रैका ज्यान जाने घटना बुनेर । 

०७२ असोज २३ गते निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्याअघि त्यसमा संलग्न व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भगाइदिने नाममा फिरौती लिइसकेका व्यक्ति शीलाको अडानका कारण समातिए । उनी थिए, एमाले उपाध्यक्ष तथा तत्कालिन गृहमन्त्री रामबहादुर थापा (बादल) का साइँला भाइ नरेश । उनीसँगै पवन खड्का र सुरेन नगरकोटी पनि पक्राउ परेका थिए । गौचन हत्याकाण्डका मुख्य योजनाकार गुण्डानाइके समीरमान बस्नेत हुन् । उनी उक्त घटनाअघि नै भारतबाट पक्राउ परी काठमाडौँको कारागारमा राखिएका थिए ।

त्यसबेला नरेश बारम्बार कारागार जान्थे र समीरसँग भेट्थे । गृहमन्त्रीका भाइको नियमित आवत–जावतमा शंका लागेर केन्द्रीय प्रहरी अनुसन्धान व्युरो (सिआइबी) ले उनको मोबाइल नम्बरका आधारमा अनुसन्धान ग¥यो । त्यसबेला आइजिपी सर्वेन्द्र खनाल र सिआइबी प्रमुख थिए, एआइजी निरजबहादुर शाही । सिआइबीले घटनाको अनुसन्धान गर्ने क्रममा अनुसन्धान अधिकृत तोकिएकी थिइन्, इन्स्पेक्टर शीला तामाङ । उनैको अनुसन्धानले नरेशलाई दोषी ठहर गरेको हो । आइजिपी सर्वेन्द्र खनालले ‘ठाउँ रहेछ भने हेरिदेऊ’ भनेका थिए । उनले ‘कि अनुसन्धान अधिकृत फेर्नुप¥यो, हैन भने म त त्यस्तो गर्न सक्दिनँ’ भनेपछि अन्ततः नरेश पक्राउ परेका हुन् ।

यस्तो घटना प्रहरीमा बिरलै हुन्छ । आइजीले नै ‘हेरिदेऊ’ भन्दाभन्दै कसैलाई जेल पठाउनु सानोतिनो कुरा हैन । अहिलेको नेपाल प्रहरीमा यति आँटिला शीलाहरू अरू कति होलान् ?
 

टिप्पणीहरू