‘किसानमारा दलहरु मूर्दावाद’ भन्दै चितवनको सडकमा तरकारी फालियो

‘किसानमारा दलहरु मूर्दावाद’ भन्दै चितवनको सडकमा तरकारी फालियो

चितवनका किसानले बिचौलियाका कारण ताजा तरकारीको मूल्य पाँच रुपैयाँ प्रतिकिलो पनि नपाएपछि आफ्नो उत्पादन राजमार्गमा फालेका छन् । उनीहरुले आज दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढस्थित पुलचोकको सडकमा तरकारी फालेर बिरोध प्रदर्शन गरेका हुन् ।

चितवनमा गोलभेँडा, बन्दाकोभी, केराउ, गाँजरलगायत तरकारी पाँच रुपैयाँमा पनि बिक्री हुन नसकेपछि किसानहरुले आफ्ना उत्पादन  ट्याक्टरमा ल्याएर सडकमा फालेका हुन् ।

किसानले प्ले कार्ड बोकेर स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका छन् । ‘किसानमारा दलहरु मूर्दावाद’ एउटा प्लेकार्डमा लेखिएको छ ।

टिप्पणीहरू