प्रहरी महानिरीक्षक दोहा हुँदै दुबई प्रस्थान

प्रहरी महानिरीक्षक दोहा हुँदै दुबई प्रस्थान

नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह आज दोहा हुँदै युएईको दुबई प्रस्थान गर्नुभएको छ । उहाँ अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको महासभामा सहभागी हुन त्यसतर्फ जानुभएको बताइएको छ ।

महानिरीक्षक सिंह श्रीमती कुसुमलता शाहीसँगै कतार एअरको उडान नम्बर क्युआर ६५३ बाट आज बिहान पौने ११ बजे दोहा जानुभएको हो । महानिरीक्षकको टोलीमा प्रहरी उपरीक्षक अनुपमसिंह राणा पनि हुनुहुन्छ ।

टिप्पणीहरू