पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो, ग्यासको घटाइएन

पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो, ग्यासको घटाइएन

नेपाल आयल निगमले गएरातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । निगमको प्रेस विज्ञप्तिअनुसार अबदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर क्रमशः १७८ र १७५ कायम भएको छ । यसअघि पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर क्रमशः १७५ र १७२ थियो । 

निगमले हवाई इन्धन र एलपी ग्यासको भाउ नबढाइएको जानकारी दिएको छ । पटक पटक निगमले ऋण र तिर्न बक्यौता रकमबारे उल्लेख गर्दै भाउ घटबढ गर्दै आएको छ । यस पटक भारतबाट एलपी ग्यासको भाउ केही घटेर आए पनि नोक्सानीको पूर्वानुमान गर्दै मूल्य यथावत राखिएको बताइको छ ।

 

टिप्पणीहरू