झोलाभरी भारु बोकेका तीन देशका नागरिक एअरपोर्टबाट पक्राउ

झोलाभरी भारु बोकेका तीन देशका नागरिक एअरपोर्टबाट पक्राउ

प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । भारतीयसहित एकजना नेपाली र अर्का एक अमेरिकी नागरिक अवैध भारतीय रकमसहित विमानस्थलको छुट्टा-छुट्टै स्थानबाट समातिएका हुन् । 

भारतीय नागरिक ४३ वर्षीय बसारुद्दीन कामरुद्दीन अन्सारी र सुनसरीको इनरुवा नगरपालिका–३ का २९ वर्षीय मधुकर सेठ साह विमानस्थलको क्यान्टिन नजिकै पक्राउ परेको प्रहरीले जनाएको छ ।  उनीहरुको साथबाट ५ सय दरको २ लाख २० हजार नगद प्रहरीले बरामद गरेको छ । 

त्यस्तै, अमेरिकी नागरिक विमानस्थलको अन्तराष्ट्रिय टर्मिनलको डिपार्चर एरियाबाट पक्राउ परेका हुन् । ब्यागेज चेकिङ एरियाको एक्सेर मेसिनमा चेकजाँच गर्ने क्रममा ६२ वर्षीय काल्साङ वाङचुक ५ सय दरको २ लाख २८ हजार भारतीय रुपैयाँसहित समातिएको प्रहरीले बताएको छ । 

पक्राउ परेका उनीहरुलाई विमानस्थल प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पुल्चोक पठाएको छ ।

टिप्पणीहरू