स्लोभाकिया पठाउने लोभ देखाएर ठगीधन्दा चलाउने महिला प्रहरीको फन्दामा

स्लोभाकिया पठाउने लोभ देखाएर ठगीधन्दा चलाउने महिला प्रहरीको फन्दामा

स्लोभाकियामा राम्रो रोजगारी दिलाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेका छिन् । 

लमजुङ घर भई हाल काठमाडौंको सुकेधारा बस्दै आएकी मधुमाया थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले समातेको हो । उनले स्लोभाकियाको प्रतिष्ठित कृषि कम्पनीमा ‘फुड प्याकिङ्ग’ को काम लगाइदिने भन्दै प्रति व्यक्तिबाट पटक-पटक गरी साढे आठ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ । 

स्लोभाकिया जान नौ लाख रुपैयाँ लाग्ने र मासिक तलब डेढ लाख हुने आश्वासन दिँदै पैसा असुलेकी मधुमाया एक्कासी सम्पर्कविहिन भएपछि पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेका थिए । 

विभागले प्रहरी कार्यालयलाई पत्राचार गर्दै आरोपीलाई उपस्थित गराइदिन भनेपछि उनको खोजतलास थालेको प्रहरीले हिजो दिँउसो सुकेधाराबाट उनलाई पक्राउ गरेको हो । मधुमायालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि प्रहरीले विभाग पठाएको छ ।

टिप्पणीहरू