ललितपुरबासीले अब कर तिर्न लाइन लाग्न नपर्ने

ललितपुरबासीले अब कर तिर्न लाइन लाग्न नपर्ने

ललितपुरबासीले अब कर तिर्न कर कार्यालयमा लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन् । ललितपुर महानगरपालिकाले विद्युतीय कर भुक्तानी सुविधा संचालनमा ल्याएपछि कार्यालयमै पुगेर कर तिर्नुपर्ने बाध्यता अब नपर्ने भएको हो ।   

यसका लागि महानगरपालिकाले आईएमई डिजिटल सोलुसन लिमिटेडसँग समझदारी गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले आज विद्युतीय कर भुक्तानीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा हस्ताक्षरपश्चात् महानगरबासीले सरकारलाई तिर्नुपर्ने घरबहाल कर, सम्पत्ति कर र व्यवसायिक करलगायत अन्य कर सजिलैसँग आइएमई पे एपबाट तिर्न सक्नेछन् ।
 

टिप्पणीहरू