सन्चन र हङकङबीच पुनः हेलिकोप्टर सेवा शुरू

चीनको मुख्य भूमीमा रहेको सन्चन शहर र हङकङबीच हेलिकोप्टर सेवा पुनः थालिएको छ । अस्तिदेखि उक्त उडान थालिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

सन्चन शहर र हङकङबीचको हवाई दूरी ११ किलोमिटर छ भने स्थल र जल दूरी साढे २७ किलोमिटरको हाराहारी छ । उक्त दूरी पार गर्न हेलिकोप्टरलाई कम्तीमा १० देखि बढीमा १५ मीनेटको समय लाग्छ । उक्त उडानलाई एउटा हेलिकोप्टर उडान वा यात्राको रुपमा मात्र लिन नहुने एक जना पाइलटले बताएका छन् । उनले भने, ‘यो सीमापार हेलिकोप्टर उडान पनि हो ।’

दुबै शहर र समुन्द्रको मनमोहक दृश्य हेर्दै गर्न पाइने यो उडान त्यहाँका व्यवसायीहरुबीच निकै लोकप्रिय हुँदै गएको छ । आगामी दिनमा थप उडान सञ्चालन गरिने सन्चन यातायात ब्यूरोका सु वेइले बताए । उनले भने, ‘कम उचाईबाट हुने हेलिकोप्टर उडानलाई थप सुरक्षित र व्यवस्थित बनाउन लागि परेका छौं ।’

आगामी दिनम उक्त हेलिकोप्टर सेवा सन्चन, हङकङ र मकाओबीच त्रिपक्षीय रुपमा हुने बताइएको छ ।

टिप्पणीहरू