पर्यटन बोर्डले एक महिनापछि पर्यटनमन्त्रीको स्वागत गर्ने

पर्यटन बोर्डले एक महिनापछि पर्यटनमन्त्रीको स्वागत गर्ने

नेपाल पर्यटन बोर्डले भोलि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको स्वागत गर्ने भएको छ । झण्डै एक महिनाअघि नियुक्त मन्त्रीको बोर्डले भोलि औपचारिक स्वागत गर्न लागेको बताइएको छ ।

मन्त्रीको सम्मानमा आयोजना गर्न लागिएको कार्यक्रम दिउँसो साढे १२ बजे हुने बताइएको छ । बोर्डको सभाहलमा राखिएको कार्यक्रममा उपस्थितिको निम्ति पर्यटन र सञ्चार क्षेत्रका धेरै जनालाई निम्तो पठाइएको स्रोतले बतायो ।

टिप्पणीहरू