दुई देशको पासपोर्ट बोकेर दिल्ली उड्न लागेका दुई जनाको झोलाभरी पाउण्ड

दुई देशको पासपोर्ट बोकेर दिल्ली उड्न लागेका दुई जनाको झोलाभरी पाउण्ड

काठमाडौँबाट भारतको राजधानी नयाँ दिल्ली जान ठिक्क परेका एक नेपालीसहित दुई जना ठूलो मात्रामा अवैध रकमसहित विमानस्थलबाट समातिएका छन् । आज अपरान्ह भिस्तारा एअरको उडानबाट दिल्ली उड्न लागेका उनीहरु १७ हजार बेलायती पाउण्डसहित पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा प्रहरीले उनीहरुको हाते झोला चेकजाँच गर्दा उक्त रकम भेटिएको हो । रामेछापका ३४ वर्षीय हितबहादुर खत्री र दुई देशको पासपोर्ट लिएका प्रविनसिंह बडूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार बडूसँग ब्रिटिश र मौरिससको पासपोर्ट भेटिएको छ । दुबै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि विमानस्थल प्रहरीले महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएको छ । उनीहरुलाई विदेशी विनिमय ऐनअन्तर्गत भोलि राष्ट्रिय अनुसन्धान विभागमा पुर्याएर मुद्दा चलाउने प्रहरीको तयारी छ । 

अवैधरुपमा लैजान खोजिएको उक्त रकम आजको विनिमय दरअनुसार झण्डै २८ लाख नेपाली रुपैयाँ हो ।

टिप्पणीहरू