एमाले अध्यक्षले कार्यकर्तालाई भन्नुभो– गठबन्धन टुटेकोमा खुशी नहुनू

एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन भत्किनसक्ने संकेत गर्नुभएको छ । काठमाडौंमा आजबाट सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले गठबन्धनको निरन्तरतामाथि शंका गर्नुभएको हो । 

देशमा अस्थिरता निम्त्याउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको दाबी गर्दै उहाँले संसद्को बनावटले जुनसुकै बेला परिस्थिति बदलिन सक्ने बताउनुभयो । त्यसक्रममा ओलीले देश बर्बाद बनाउने खेल भइरहेको पनि उल्लेख गर्नुभयो । 

अध्यक्ष ओलीले तत्कालीन पाँचदलीय गठबन्धन भत्काइएकोमा खुसी नहुन कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ । ‘अहिले साथीहरु काफी प्रसन्न भएको देख्छु । हामीले पाँचदलीय गठबन्धन तोडेर अर्काे एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा  हो’, उहाँले भन्नुभयो, ‘कथंकदाचित यो अवस्था फेरियो भने, संसदको बनावट नै अस्थिरताको कारक हुने खालको बनावट छ । संसदमा हाम्रो बहुमत छैन । अनेक प्रकारका, भित्रका, बाहिरका शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशील छन् ।’ 

सोझो रेखामा राजनीति नहिँड्ने बताउनुभएका ओलीले अगाडि भन्नुभयो, ‘देश बनाउने भनेको कुरो, सोझो रेखामा राजनीति जाँदैन । हामीले अनेकौं उतारचढाव देखेका छौँ, फेरि पनि आउँछन् उतारचढाव ।’

टिप्पणीहरू