केपी ओली कपअघि नेता र कलाकारको सातदोबाटोमा भिडन्त

केपी ओली कपअघि नेता र कलाकारको सातदोबाटोमा भिडन्त

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले आफ्नो मातृ पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नाममा गर्न लागेको ‘केपी ओली कप’ फुटबल प्रतियोगिताअघि कलाकार र नेतालाई मैदानमा उतारेको छ ।

अर्को सातादेखि शुरु हुने प्रतियोगिता पूर्व कलाकारहरु र राजनीतिक दलका नेताहरुबीच मैत्रपूर्ण फुटबल खेलाइएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेताहरुको तर्फबाट एमाले महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्य महेश बस्नेत, माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ लगायत थिए ।

त्यस्तै, गायक बद्री पंगेनी, गायिका रचना रिमाल, नायक धिरेन शाक्य र अर्का कलाकार जितु नेपालहरु कलाकारको तर्फबाट प्रतिस्पर्धामा उत्रिएका थिए । केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुन ११ देखि संचालन हुँदैछ ।

टिप्पणीहरू