एमाले अध्यक्षले एकै ठाउँबाट देशभरको कार्यक्रमलाई समेट्ने

एमाले अध्यक्षले एकै ठाउँबाट देशभरको कार्यक्रमलाई समेट्ने

नेकपा एमालेले भोलिदेखि शुरु गर्न लागेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले संयुक्त सम्बोधन गर्नुहुने भएको छ । 

‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान तथा  सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई ओलीले भर्चुअल सम्बोधन गर्न लाग्नुभएको हो । अभियानका लागि जिम्मेवारी तोकिएका केन्द्रीय नेताहरु भने आ–आफ्नो प्रदेशमा पुगिसकेका छन् । 

गत माघ २६ गते बसेको एमाले सचिवालय बैठकले ‘मिसन ग्रासरुट’ अभियान चलाउने निर्णय गरेको थियो । अभियानमा केन्द्रीय सदस्यहरुलाई ११ वटा जिम्मेवारी दिएर पालिकामा खटाउने एमालेको निर्णय छ ।

टिप्पणीहरू