एमाले नेतृको उजुरीपछि ‘भाइरलम्यान’ समातिए

एमाले नेतृको उजुरीपछि ‘भाइरलम्यान’ समातिए

कलाकार तथा एमाले नेतृ करिष्मा मानन्धरको उजुरीपछि युट्युबका ‘भाइरलम्यान’ डिल्लीराम खनाल पक्राउ परेका छन् । 

सामाजिक सञ्जालमार्फत जथाभावी अभिव्यक्ति दिएको आरोप लागेका खनाललाई नेपाल प्रहरीको साइबर ब्यूरोले आज समातेको हो । उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी भइरहेको ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले बताए । उनकाअनुसार अदालतबाट म्याद थप भएपछि यसविषयमा अनुसन्धान अघि बढाइनेछ । 

करिष्माले गत माघ २४ गते खनालविरुद्ध ब्यूरोमा उजुरी हालेकी थिइन् । सामाजिक सञ्जालमार्फत खनालले आफ्नो मानहानी हुने अभिव्यक्ति दिएको भन्दै उनी कानुनी उपचारका लागि प्रहरीकहाँ पुगेकी हुन् । 

खनालले एक अन्तरवार्तामा करिष्मालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसंग जोडेर अभिव्यक्ति दिएका थिए ।
 

टिप्पणीहरू