सरकारका प्रवक्ताले भन्नुभयो ‘संवैधानिक परिषद् विधेयक फिर्ता लिइयो’

हिजो बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७८–७९ मा प्रचलित कानुनबमोजिम नष्ट गरिएका वस्तुहरुको लागि राहत प्रदान गर्ने निर्णय भएको जानकारी पनि दिनुभएको छ ।

त्यस्तै, सरकारले मोरङको साबिक लेटाङ गाविस वडा नम्बर १ को ०–४–१६ बिघा सार्वजनिक जग्गा ३० वर्षका लागि प्रहरी चौकी बुधबारे लेटाङलाई प्रयोग गर्न स्वीकृति दिएको छ ।

स्वास्थ्य सेवाका विभिन्न समूहका अधिकृतहरुलाई एघारौं तहमा बढुवा नियुक्ति पदस्थापन गर्ने, फागुन ११ र १२ गते स्वीट्जरल्याण्डमा हुने ‘पाँचौं ग्लोबल मिनिस्ट्रियल समिट अन पेसियन्ट सेफ्टी’ विषयक सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई सहभागी गराउने क्याबिनेटको निर्णय छ । 

नेपाल इन्जिनियरिङ्ग परिषद्को अध्यक्षमा ई.डा. पदमबहादुर शाही, उपाध्यक्षमा ई.डा. विकास अधिकारी, सदस्यमा ई.डा. विकास अधिकारी र ई.डा. रेश्मा श्रेष्ठलाई मनोनयन गरिएको पनि मन्त्री शर्माले बताउनुभयो ।

टिप्पणीहरू