राप्रपा र आमाको रगत

राप्रपा र आमाको रगत

‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह’ भन्ने नेताले बिचौलियालाई अघिपछि लगाएको देख्दा आफ्नै पार्टीका नेताहरु छक्क परेका छन् । उपप्रधानसहित उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रीको कार्यभार सम्हालेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीभित्रै आलोचित गराउने ती बिचौलियाको नाम हो, प्रेम श्रेष्ठ, घर गोरखा ।

अमेरिका बस्ने उनले त्यहाँ लिङ्देनको छोरीका लागि घर किनिदिएको भन्ने गरेका छन् । राप्रपा नेता मोहन श्रेष्ठ पनि गोरखाली हुन् । उनलाई लिङ्देनले उर्जा सल्लाहकारमा नियुक्ति गर्न ठिक्क परेका थिए तर प्रेमले भाँडिदिए ।

राप्रपाको प्रवास कमिटीमा अध्यक्षको जिम्मेवारी वहन गरेका उनले लतिलपुरको धापाखेलमा लिङ्देनसँग संयुक्त रुपमा २८ आना जग्गा किनेका छन् । ठेकेदार भेटे ठेक्कापट्टा मिलाइदिने, वकिल भेटे न्यायाधीश बनाइदिने कुरा गर्छन् । 

टिप्पणीहरू