जर्मन टोलीद्वारा सिंहदरबारमा लगातार भेट, जर्मन राजदूतको छुट्टै कुराकानी

जर्मन टोलीद्वारा सिंहदरबारमा लगातार भेट, जर्मन राजदूतको छुट्टै कुराकानी

नेपाल भ्रमणमा आएको जर्मनीको संसदीय टोलीले आज सिंहदरबारमा एकपछि अर्को भेटघाट गरेका छन् । उनीहरुले सभामुख, उपप्रधानमन्त्रीलगायत चार जना मन्त्रीसँग लगातार भेट गरेको बताइन्छ । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख देवराज घिमिरेसँग जर्मन राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सभामुख घिमिरे र नेपालका लागि जर्मन राजदूतप्रिन्जबीच बिहानको समयमा एक घण्टा कुराकानी भएको हो ।

टोलीले परराष्ट मन्त्रालयमा परराष्ट्रमन्त्री डा. विमला राई पौडेलसँग भेट गरेको हो । टोली प्रमुख तथा जर्मन सांसद रेनेट कुनास्ट नेतृत्वको टोलीले मन्त्री पौडेलसँग दिउँसो १ बजेको समयमा भेटवार्ता गरेको हो । त्यस अवसरमा  नेपालका लागि जर्मनीका राजदूत डा. थोमर प्रिन्जको पनि उपस्थिति थियो । 

त्यसपछि टोलीले अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग कुराकानी गरेको जानकारी दिइएको छ । त्यस अवसरमा पनि राजदूत प्रिन्जको उपस्थिति थियो ।  

अर्थ मन्त्रालयबाट निस्केपछि जर्मन संसदीय टोलीले कृषि तथा पशुपंछी विकास मन्त्रालयमा मन्त्री ज्वालाकुमारी साहसँग भेट गरेको हो । उक्त भेटमा पनि जर्मन राजदूतको उपस्थिति रहेको बताइन्छ । 

उता खानेपानी मन्त्रालयमा मन्त्री अब्दुल खाँन र नेपालका लागि फिनल्यान्डका राजदूत रिना रिक्का हेइकाबीच दिउँसो आधा घण्टा कुराकानी भएको थियो ।

टिप्पणीहरू