भारतीय डिजिटल कार्डहरु नेपालमा पनि प्रयोग गर्न सकिने

भारतीय डिजिटल कार्डहरु नेपालमा पनि प्रयोग गर्न सकिने

डिस्कबर, डाईनर्स तथा रुपे इन्टरनेसनल कार्ड अब एससीटीमा आबद्ध बैंक तथा वित्तीय संस्थाका एटीएममा प्रयोग गर्न सकिने भएको छ । 

डिस्कबर फाइनन्सियल सर्भिस, डाईनर्स क्लब इन्टरनेसनल तथा भारतको एनपीसीआईअन्तर्गत जारी गरिएको रुपे इन्टरनेसनल कार्ड एससीटीसँग आबद्ध बैंक तथा वित्तीय संस्थाका एटीएममा प्रयोग गर्न मिल्ने भएको हो । त्यस्तै, नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाद्वारा जारी गरिएको एक करोडभन्दा बढी रुपे इन्टरनेसनल कार्ड एससीटी नेटवर्क अन्तर्गतका एटीएममा प्रयोग गर्न सकिन्छ ।

यसका साथै डाईनर्स र डिस्कबरका डेबिट तथा क्रेडिट कार्ड बोक्ने पर्यटकलाई पनि एटीएममार्फत कारोबार गर्नलाई सहज र सरल हुने आशा कम्पनीले लिएको छ । यो सुविधा छिट्टै एनएमबी बैंक र अन्य बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेका एटीएममा विस्तार गरिने योजना राखिएको कम्पनीले जनाएको छ । 

हाल भारतमा लोकप्रिय बन्दै गएको रुपे कार्ड त्यहाँ कार्यरत नेपाली तथा नेपाल भ्रमणमा आउने भारतीय नागरिकलाई नेपालमा प्रयोग गर्न समस्या थियो । तर, यो सुविधासँगै रुपे कार्ड प्रयोगकर्तालाई निकै सहज हुने बताइएको छ ।

टिप्पणीहरू