माओवादीले 'कोसी'मा भोट हाल्ने
जातीय पहिचानको पक्षमा अडिग रहँदै आएको नेकपा माओवादी केन्द्र प्रदेश १ को नाम 'कोसी' राख्ने नेकपा एमालेको प्रस्तावको पक्षमा उभिएको छ ।
माओवादी केन्द्र संसदीय दलको बैठकले कोसी नाममा भोट हाल्ने निर्णय गरेको हो । सो पार्टीका प्रदेशसभा सदस्य गणेश उप्रेतीले कोसी को पक्षमा भोट हाल्ने संसदीय दलको बैठकले निर्णय गरेको बताए ।
प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राख्न आज एमालेले प्रदेशसभा सचिवालयमा प्रस्ताव राखेको छ । उक्त प्रस्तावलाई नेपाली कांग्रेसले समर्थन जनाएको छ । एमालेका रामकुमार राना प्रस्तावक र काँग्रेसका भूमि राजवंशी समर्थक रहेर प्रस्ताव दर्ता गरिएको हो ।
टिप्पणीहरू