काँग्रेसको समानान्तर भेला संस्थापन पक्षद्वारा बहिष्कार

काँग्रेसको समानान्तर भेला संस्थापन पक्षद्वारा बहिष्कार
सुन्नुहोस्

कोशी प्रदेशका सबै जिल्लाका स्थानीय पालिका सभापतिहरूको काँग्रेस भेला संस्थापन पक्षले बहिष्कार गरेको छ । उक्त पक्षले डा. शेखर कोइराला समूहले आयोजना गरेको पालिका सभापतिहरूको भेला आधिकारिक नभएको जनाउँदै बहिष्कार गरेको जनाएको छ । 

काँग्रेस संस्थापन पक्षका नेता तथा कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले बिराटनगरको जैन भवनमा जारी भेला अवैधानिक रहेको बताए । तर कांग्रेस विराटनगर नगरसभापति तथा कोइराला पक्षका नेता दीपक चापागाईंले भेला वैधानिक तवरले आयोजना गरिएको दाबी गरेका छन् ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण सिटौलाले कोशी प्रदेशमा मंसिर २२ गतेबाहेक अन्य कुनै भेला/सम्मेलन नरहेको जनाउँदै सबै जिल्लाका जिल्ला सभापतिहरुलाई परिपत्रमार्फत् जानकारी गराएका थिए ।

चापागाईंले कोशीका १३७ वटै पालिका सभापति भेलामा सहभागी भएको दाबी गरेका छन् । उनका अनुसार काठमाडौं, ललितपुर, भक्तपुरलगायत जिल्लाका पार्टी सभापतिहरूको भेलामा सहभागिता छ ।

टिप्पणीहरू