ढाका उड्न लागेका चिनियाँको हातेझोलामा हजारौं डलर

ढाका उड्न लागेका चिनियाँको हातेझोलामा हजारौं डलर

काठमाडौंबाट बंगलादेशको राजधानी ढाका उड्न लागेका एक जना चिनियाँ नागरिक अवैध विदेशी मुद्रासहित पक्राउ परेका छन् । विमान बंगलादेशको उडान नम्बर बीजी ३७२ का चिनियाँ यात्रु छाई हुनान झण्डै १० हजार अमेरिकी डलर र करिब ३० हजार बंगलादेशी मुद्रा टाकासहित प्रहरी हिरासतमा पुगेका हुन् ।

राहदानी नम्बर इए८९६७४०७ वाहक ५२ वर्षे छाईले बोकेको ह्याण्ड ब्याग अन्तर्राष्ट्रिय उडानको प्रस्थान कक्ष नजिकैको एक्सरे स्क्रिनिङ गर्ने क्रममा डलर र टाका फेला परेको हो । झोलामा ९ हजार १ सय अमेरिकी डलर र २९ हजार ५ सय बंगलादेशी टाका रहेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले आवश्यक कारबाहीको निम्ति राजश्व अनुसन्धान विभाग हरिहरभवन, पुल्चोक ललितपुर पठाएको छ ।
 

टिप्पणीहरू