हवल्दार चोकबाट ब्राउनसुगरसहित चार जना पक्राउ

हवल्दार चोकबाट ब्राउनसुगरसहित चार जना पक्राउ

झापामा लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा दमक नगरपालिकाका २८ वर्षीय मुना राई, २४ वर्षीय संन्जय राई, २८ वर्षीय रविन धिमाल र १९ वर्षीय निशान नेपाली रहेको प्रहरीले बताएको छ । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी पोष्ट फागुनन्दबाट खटिएको टोलीले उनीहरुलाई हवल्दार चोकबाट २ ग्राम ब्राउन सुगरसहित गएराति नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीहरुले उक्त लागूऔषध निशान नेपालीबाट खरिद गरी ल्याएको अनुसन्धानबाट खुल्न आएको छ । 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू