राष्ट्रपतिलाई हिजोभन्दा आज सहज
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले दिएको उहाँको स्वास्थ्य अवस्थाको पछिल्लो विवरणमा राष्ट्रपतिलाई हिजोभन्दा आज राम्रो भएको जानकारी उल्लेख छ ।
अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा जारी प्रेस विज्ञप्ति भनिएको छ, ‘स्वास्थ्य असहजता भइ अस्पतालमा भर्ना हुनु भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।’
उहाँ हिजा साँझ अस्पतालमा भर्ना हुनुभएको हो ।
टिप्पणीहरू