हिमपहिरोमा भारतमा सात जनाको ज्यान गयो
भारतको सिक्किममा गएको हिमपहिरोमा पुरिएर सात जनाको निधन भएको छ । नाथुला क्षेत्रमा आज गएको भीषण हिमपहिरोमा सात जना पर्यटकको ज्यान गएको बताइएको छ ।
उक्त दुर्घटनामा ११ जना गम्भीर घाइते भएका छन् । उद्धारका लागि प्रहरी टोली सो क्षेत्रमा खटिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
हिमपहिरोपछि नाथुला सडकखण्ड पूरै अवरुद्ध भएको त्यहाँका एक जना वरिष्ठ प्रहरी अधिकृतले बताए । सो क्षेत्रमा घुम्न गएका तीन सय ५० जना र ८० सवारी साधनलाई फिर्ता पठाइएको उनले जानकारी दिए ।
नाथुला चीनको सीमानाका नजिकै पर्दछ । सो क्षेत्रको प्राकृतिक सौन्दर्य अवलोकन गर्न पर्यटकहरुको ओइरो लाग्ने गर्दछ । अनुकुल मौसमका कारण अप्रिल महिनामा उक्त क्षेत्रमा पर्यटकहरुको भीड लाग्ने गर्छ ।
टिप्पणीहरू