बिस्केटका लागि चार दिन सार्वजनिक बिदा

बिस्केटका लागि चार दिन सार्वजनिक बिदा

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आजबाट वैशाख ३ गतेसम्म सार्वजनिक बिदा दिन लागिएको हो । 

नयाँ वर्षमा भक्तपुरमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात बिस्केट जात्राको अवसरमा बिदा दिइएको नगरपालिकाले जनाएको छ । हरेक नयाँ वर्षमा मध्यपुर थिमिमा भव्य रुपमा बिस्केट जात्रा मनाउने गरिएको छ । 

‘२०७९ चैत ३० गते बिहीबार र २०८० वैशाख ३ गते आइतबार यस नगरपालिकाअन्तर्गतका कार्यालय र विद्यालयहरु समेतमा स्थानीय बिदा हुने व्यहोरा यस नगरपालिकाको मिति २०७९–१२–२८ को निर्णयानुसार जानकारीका लागि अनुरोध छ’, जारी सूचनामा भनिएको छ । 

बिस्केट भक्तपुरका नेवारी समुदायको सबैभन्दा ठूलो चाड हो । बिस्केट जात्रामा सिन्दुरको होलीसमेत खेल्ने गरिएको छ । त्यस्तै, जिब्रो छेड्ने प्रचलन पनि रहँदै आएको छ ।  

नौ दिन आठ रातसम्म मनाइने यो जात्रामा आफन्तलाई भोज खुवाउने, बलि पूजा गर्ने चलन छ ।

टिप्पणीहरू