विमानमा उड्न ठिक्क परेका यात्रुको खल्तीमा ब्राउन सुगर
बाँकेको नेपालगञ्जबाट हवाई उडानमा काठमाडौँ आउन लागेका एक व्यक्तिको साथमा ब्राउन सुगर फेला परेको छ ।
कैलालीको घोडाघोडी नगरपालिकाका २२ वर्षीय अमुल क्षेत्री आज बिहान ब्राउन सुगरसहित नेपालगञ्ज एयरपोर्टबाट समातिएका हुन् । श्री एयरलाइन्सको उडान नम्बर एसएचए ४३२ बाट काठमाडौँ उड्न ठिक्क परेका उनलाई विमानस्थल प्रहरीले शंका लागि चेकजाँच गर्दा ४५ ग्राम ब्राउन सुगर फेला परेको हो ।
लागुऔषधसहित भेटिएका उनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बाँके पठाएको छ । क्षेत्रीको साथबाट ब्राउनसुगरसँगै नेपाली र भारतीय रुपैयाँसमत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू