प्रधानमन्त्री र काँग्रेस सभापतिको बालुवाटारममा डेढ घण्टा वार्तालाप, महान्याधिवक्ता छेउमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानै उहाँहरुले भेट गर्नुभएको हो ।
महान्याधिवक्ता डा. दिनमणि पोखरेललाई समेत राखेर प्रधानमन्त्री र काँग्रेस सभापतिले डेढ घण्टा कुराकानी गरेको बताइएको छ । एकाबिहानै बालुवाटारमा भएको यो भेटघाट प्रतिनिधिसभामा टेवल भएको संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकलाई टुंगोमा पुर्याउने विषयमा केन्द्रित रहेको बुझिएको छ ।
सरकारले विधेयकलाई फास्ट ट्रयाकमा पारित गर्ने तयारी गरेको छ भने प्रतिपक्ष एमाले त्यसमा असहमत छ । यस विषयमा एमाले अध्यक्ष ओलीसहित प्रधानमन्त्री प्रचण्ड र देउवाले दुई पटक छलफल गरिसक्नु भएको छ ।
केही दिनअघि महान्याधिवक्ता पोखरेलसहित तीन नेताको छलफल भएको थियो । वैशाख १ गते पुन: छलफलमा बस्ने भनिए पनि उहाँहरुको भेटघाट भएको छैन ।
टिप्पणीहरू